काठमाडौँ: धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक १२.३६ अंकले घटेर २,७४२.११ को बिन्दुमा सीमित भएको छ। यो अघिल्लो दिनको तुलनामा ०.४४ प्रतिशतको गिरावट हो।
आज बजारमा कुल ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँ बराबरको कारोबार भएको छ।