काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। ३१८ रनको बलियो लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा मात्र १९५ रनमा समेटिएपछि नेपालले ऐतिहासिक जित निकालेको हो।
Subscribe to:
Posts (Atom)
