बन्यो 'यतीको खोजीमा'

काठमाडांै/ 'यतीको खोजीमा' नाम राखेर निर्माण गरिएको फिल्म कोरियाको आन्सान सहरमा प्रदर्शन गरिएको छ । एक वर्ष लगाएर निर्माण गरिएको यो फिल्म हिमाली भू-भागमा सुटिङ गरिएको निर्देशक सान्तोष ढकालले बताए । फिल्ममा निर्देशक सन्तोषले रहस्यमय हिममानव यतीलाई एनिमेसनबाट प्रस्तुत गरेका छन् । नेपालको अमूल्य जीवजन्तुको रक्षा गराँ भन्ने सन्देश यो फिल्ममा समेटिएको छ । नायिकाको भूमिकामा अमेरिकी नागरिक पामेला सान्टरेली रहेकी छिन् भने अन्य कलाकार दिव्येश्वर गौतम, स्वामी कृष्ण, सुनिता गन्धर्व, पेमा शेर्पा आदि रहेका छन् ।

यस्तै रहेछ यो अभागी जिन्दगीको कथाहरु ............

यस्तो पनि हुदो रैछ जिन्दगीमा कहिले कहिले
ऋचालाई माया गर्नु ठूलो भुल गरेछु मैले
प्यारी ऋचा
धेरै - धेरै सम्´ना अनि मायाका अनन्त शृंखलाहरु तिमीलाई । माथिका दुई लाईन कविता मैले त्यत्तिकै लेखेको होइन । तिमीले यो कोमल मुटुमा पुर् याएको गहिरो चोटको घातक दुश्परिणाम हो यो कविता । जुनदिन देखि तिमी मेरो मन-मन्दिरकी देवीको रुपमा स्थापित भईसकेकी थियौ । मेरो मनकी रानी भई मेरो अपार प्रमिलो मुटुको िसंहासनमा राज गरिसकेकी थियौ । लाग्थ्यो तिमीलाई मन पराउनु तिमीलाई माया गर्नु मेरो जिन्दगीकै सवैभन्दा ठूलो सौभाग्य हो । अनि लाग्थ्यो म संसारकै यस्तो भाग्यमानी युवक हँु जसले तिमी जस्ती सुशील र सहृदयी साथी पाएको छ ।
अफसोच ऋच्ाा
आज प्रेमले बन्द भएका यि मेरो आँखाहरु ´सङ्ग ´स्किन पुगि आँखाका ढकनीहरु खुल्न पुगेका छन् । परेलीका पर्दाहरु उघि्रएका छन् र तिम्रो वास्तविक रुप देखेर मेरा यी निर्दाेष र निस्कलंक आँखाका नानीहरु चकित बनेका छन् । मैले त सपनामा पनि सोचेको थिइँन कि तिमीबाट मैले जिन्दगीमा यस्तो व्यवहार पाउँला भनेर । तर आज आखिरमा त्यही भएको छ जो मैले जिन्दगीमा परिकल्पना समेत गरेको थिइँन । माया भनेको दोहोरो हुनुपर्छ एकोहोरो मायाको कुनै अर्थ छैन । म सधैं-सधैं यस्तै ठान्ने गर्छु । बस तिमीले पनि यस्तै ठान्यौ र त हाम्रो दूई मुटुले एकै हुने इच्छा व्यक्त गर् यो । हाम्रो दूई जोर युवा आँखाले एक हुने अभिलाषा प्रकट गरे त्यसैले त हामीले हाम्रा शालीन र मायालु आँखाहरुलाई खेल्न दियौ निर्धक्क र निविध्नसँग माया र प्रेमको अथाह सागरमा । तर त्यो त सब केहि दिनको लागि मात्रै रहेछ । शायद हाम्रो त्यो मायालु साथ र सम्पर्क भगवान्लाई पनि मान्य भएन । अर्थात् खोट देखे हामी दुई मध्ये एकको जीवनमा मायामा र त अलग गराईदिए हामीलाई । तर पनि म अनभिज्ञ छु ।
पि्रय ऋचा आज मेरा आँखाहरु अविरल आँसुका ढिकाहरुले टिलपिलाईरहेका छन् । गहबाट अनायासै खस्छन् आँसुका थोपाहरु । तर पनि म आफुलाई नियन्त्रण गर्ने प्रयास गर्छु । तथापि नियन्त्रणमा आउँदैनन् मेरा दुःख र पिडाहरु । छाती एकनासले चहराईरहन्छ । मुटु नै फुट्लाजस्तो व्यथाले छातीभित्र कता-कता पोलिरहन्छ । तर पनि ऋचाु म बाँचेकै छु हजारौ मान्छेहरुको भिडमा हिडिराखेकै छु । तिमीलाई हरियाली बनाएर म उजाड भएको थिए । तिमीलाई भरिलो बनाएर म रित्तिएको थिएँ । हो ऋचा तिमी हाँसी दिँदा म संसार नै उज्यालो देख्थें त्यसैले त यो छातीभरि-भरि तिम्रो नाम लेख्थंे । सपना वा विपनामा पनि तिम्रै मात्र नाम जप्थंे । तर आज पागलसरी भएको छु म । सातो गएको बालकले ´ैं टोलाएर एकोहोरो हेरिरहन्छु तिम्रो तस्बिरतिर । तिमी गएको रित्तो र शुन्य क्षितिजतिर तिम्रो प्रतिक्षामा आज पनि ……………………………………।
……………॥ आजलाई विदा ऋच्ाा मौका पाएभने फेरी भेटैला । ………………
उहि तिम्रो नभएको प्रेमी
राम प्रसाद अन्जान बनबासी
मलेखु हाल- अनाकोन्डा इराक
ओइली ´र्छ जवानी ………………………
- प्रकाश पन्त ( धादिंग , मलेखु)
ओइली ´र्छ जवानी त्यो साँच्नु हुन्न सानी
रङ्गिन यो दुनियामा एक्लै बाँच्नु हुन्न सानी ।
गाँउमा खाली कुरा चल्छ तिमी ठूली हुदै गाको
उलँदो बैश लिई कम्मर भाँच्न हुन्न सानी ॥
सपनीमा सधैं देख्छु विपनीमा कहिले काहीँ
स्वस्नील रातसँगै सधैं नाच्न हुन्न सानी ।
त्यो वैशको प्याला सानी स्वाट्टै म पिइदिन्छु
पिरतीको भुमरीमा पे्रम जाँच्न हुन्न सानी ॥
तृप्तिको बढ्दो नशा सुम्सुम्याउने हातहरु
बहलाउने अभिलाषा दुनियाँ रोज्न हुन्न सानी ॥