भारतको असमान सन्धीका कारण पीडित जनता :- सुनसरीका कोसी बाँध पीडितहरु सुरक्षित स्थानतर्फ लाग्दै। भारतीय पक्षले आफ्नो भूमिलाई सिंचाई तथा बाढीबाट बचाउन नेपालमा बनाएको बाँध समयमा नै मर्मत सुधार नगर्दा बाँध फुटेर भएको दुर्घटनामा ६० हजारभन्दा बढी मानिस घरबारविहीन र लाखौ विगाह भूमि बगरमा परिणत भएकोछ।
असमान सन्धीका कारण पीडित- राष्ट्रपति, बाँधको अनुसन्धान गर्न आयोग गठन हुने
काठमाडौं। राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिन सबैलाई आग्रह गर्नुभएको छ। आज बिहान आठ विद्यार्थी संगठनका विद्यार्थी नेताहरुसँगको भेटमा राष्ट्रपति यादवले यस्तो बताउनुभएको हो राष्ट्रिय एकताको विकल्प नभएको भन्दै उहाँले राष्ट्रिय समस्याका विषयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भारतसँगको असमान सन्धीहरुको कारण देशले अहिले अकल्पनिय विपति भोग्नुपरेको समेत स्पष्ट पार्नुभयो। विद्यार्थीहरुले राष्ट्रपति भवनमा पुगेर सप्तकोशी बाँधबाट पिडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति यादवले विद्यार्थीहरुको ध्यानाकर्षणप्रति समर्थन जनाउँदै सरकारलाई थप दबाब दिन आग्रह गर्दै आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिनुभएको विद्यार्थी नेता ठाकुर गैरेले जानकारी दिनुभयो। तेस्तै नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच कोशी नदीको बाँधको अनुसन्धान गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ। माओवादी र फोरमका नेताहरुबीच प्रधानमन्त्री निवास नयाँ बजारमा आज बिहान भएको छलफलमा यस्तो सहमति भएको हो। दलहरुबीचको छलफलमा फोरमले सप्तकोशीसहित पटकपटक डुबानमा पर्ने विभिन्न बाँधका विषयमा अनुसन्धान गर्न आयोग गठन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति जनाउनुभएको थियो। द्धपक्षिय छलफलमा बाँध भत्किएपछि भएको क्षति र पिडितहरुको पुनर्स्थापनाका लागि प्रशासनिक अनुसन्धान थालिने सहमति समेत भएको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपिडितका उद्धार र पुनर्स्थापनामा ध्यान दिन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज विभिन्न मन्त्रालयका सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँग सरकार संचालनका विषयमा पनि छलफल गर्नुभएको स्रोतले बताएको छ। छलफलमा माओवादीका वरिष्ठ नेताहरुको पनि सहभागिता रहेको थियो। प्रधानमन्त्री दाहालको चीन भ्रमणप्रति भारत असन्तुष्ट
काठमाडौं । नेपालमा दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बन्ने सफल पुष्पकमल दाहालको चीन भ्रमणबारे भारत सरकार असन्तुष्ट भएको बताइन्छ ।प्रधानमन्त्री दाहालको चाहनाअनुसारको समय ओलम्पिकको समापन हुने समय परेकाले भारतभन्दा पहिले चीन भ्रमण गर्न लागेको अवस्थामा भारतले भने चीन जानुपूर्व भारत आएको हेर्न चाहेको बुझिएको छ । यद्यपि प्रधानमन्त्री दाहाल ओलम्पिकको समापन समारोहमा भाग लिन शनिबार चीन जाने कार्यक्रम तय भइसकेको बताइन्छ । एकातिर मन्त्रिपरिषद् विस्तार नभएको र अर्कोतिर नेपालमा दैविक आपत्ति परिरहेकोले प्रधानमन्त्री दाहालले चीन भ्रमण कुनै पनि हालतमा जाने छन् । भारत सरकारभन्दा चीन सरकारसँग नजिकको सम्बन्ध राख्न चाहने माओवादी अध्यक्षसमेत रहेका दाहाललाई भारत सरकारले तत्कालको चीन भ्रमण रोक्न आग्रह गरेको छ । माओवादीका विदेश विभाग प्रमुखसमेत रहेका सीपी गजुरेलले भारत सरकारको तर्फबाट छिट्टै चीनको भ्रमण नगरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको कुरा स्वीकार गरे । तर भारतीय विस्तारवादको व्यापक विरोध गरेर नथाक्ने माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको विदेश भ्रमणको विषयमा समेत हस्तक्षेप गर्दैगर्दा कुनै नेताले कुनै प्रतिकि्रया दिएका छैनन् । दाहाल प्रधानमन्त्री भएलगत्तै बधाई एवं भारत भ्रमणको निम्ता दिन आएको भारतीय टोलीले समेत चीनभन्दा पहिले भारत आउन आग्रह गरेको बताइन्छ । दाहाललाई प्रधानमन्त्री बनाउन भारतमा समेत चर्को दबाब दिने भारतीय नेताहरु अहिले चीनतर्फ नरम देखिएपछि सम्बन्ध चिसिने सम्भावना बढेको छ ।
Subscribe to:
Posts (Atom)


