रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।' यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । Read More
भत्किएका परेलीका डिल समान मेरो जिवन लेख्न त शुरु गरे तर सम्बोधन गर्न शब्दहरुको कमिले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न त्यस्ौले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतित्को मिठो सम्´नाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा ´रिदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि यो मरुभुमिमा म त चँुडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछािरंदै उडिरहेको छु । Full Story> मैले देखेको सपना विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा,यात्रामा,मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो।मेरा साथीहरू त प्रशस्त हुन्थे तरतिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो।Full Story> गजल ः जिस्किन थाल्यौ फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया भ्रुण मै मरे कोपीला रुखो बोटको के रš रुप चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ पि्रयाRead More> तिमी पीडा नायक हौ। जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’ मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए। ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो। ऊ अझै चुपचाप थियो।Read More>
गजल ः जिस्किन थाल्यौ फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया भ्रुण मै मरे कोपीला रुखो बोटको के रš रुप चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ पि्रया गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ पि्रया सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी बनी काल हिजो आज जिस्किन थाल्यौ पि्रया
कथा ः विचरा कथाकार ः सुमन बगाले मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे । त्यसैले त भगवान मलाइ यो विचरा भन्ने शब्द नै मन पर्दैन । मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्ने त्यो हुलमा । रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान त्यहि पाप पखाल्नलाइ पशुपतिमा धाउनेपनि धेरै देखेको छु मैले । शशीरमा जवानीको रसहुदा सस्तै पैसामा खरिद गरे नानाभाती गरे । के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन । जसको लागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटैनन् । मेरी आमाले त सर्वसुलभमा प्रदान गर्दै आएकी थिन्ा । आफनै अस्तित्व बेचेकी थिन कसैको विगार त गरेकी थिइन । एक्कासी मेरो मस्तिस्कमा यि कुराहरुले लडाइ गर्न थाल्थे तर विना निश्कर्ष आफैमा हारेको हुन्थेँ । दुइ दिनपछि एउटा भक्तालु आएर तेरी आमा मरेर भगवानको घर गइसकी । यसलाइ नजिकैको पशुपतिको वागमतिमा फाल्नुपर्छ भने बल्ल थाहा भयो मालाइ मेरी आमा मरिछे भनेर । मरेपछि त आर्यघाट लानुपर्छ भन्ने थाहा थियो किनकी दिनहु मैले मरेका मान्छे देखेको थिएँ । मैलेपनि लगी आमालाइ खरानी बनाइदिएँ । राती जाडो हुन थाल्यो पेटमा डमरु बज्न थाल्यो बल्ल मलाइ आमाको कमी महसुस हुन थाल्यो ।म पाच वर्षको हुदा देखी नै मेरी आमाकेा स्तिर निकै दिनप्रति दिन खस्किदै गएको थियो । गालामा पाउडर ओठमा लाली निकै कमि हुदैथियो कोठापनि सामानहरु घटदैथिए । मेरी आमाको अनुहारमा खुशी थिएन । मलाइ लाग्थ्यो मेरो एक राते बाउले आज निकै धेरै दुख्ख दिएछ कि । म लाचार थिएँ म केहि गर्न सक्दिन थिएँ । तर पछि ठुलो भएर आमालाइ त्यो धन्दाबाट मुक्त गर्ने भने मेरो ठुलो सपना थियो । जुन भक्तजनको आवजबाट चकनाचुर भयो । मलाइ त मर्न देखी पनि घृणा लागीसक्यो । तरपनि म मर्दैछु मलाइ यो पापी सँसारमा मर्न मन छैन भगवान । मलाइ नमारी तिमी माथी नै लगेर फासी देउ मलाइ सयौ दिन लगाएर तड्पाइ तडपाइ मार म माजुर छ तर मलाइ मरिसकेपछि विचरा भन्ने शब्द सुन्नबाट दुर राखिदेउ कि त मलाइ अजम्बरी बुटि देउ जसले गर्दा म अन्नत अन्नत जिवन जिउन सकुँ । मलाइ यहा आरम सुखसयलभरपुर्ण जवानी रšगीचšगी जिन्दगी भएर म अन्नत अन्नत सम्म जिउन पाउ भनेको होइन भगवान तिमीलाइ अगवत नै होला मेरो हालत । तिमी त भगवान हौ नि देख्न सक्छौ नी लाग्छ तिम्रो गलत निर्णयले नै मलाइ यो सजाय भोगीरहेको छु । तिमीलाइ थाहा छ भगवान तिम्रो दुतहरु आएर मलाइ जिस्काइरहन्छन् । अस्ती एउटाले जिस्काउदा जिस्काउदै मेरो खुट्टा पो चुड्यो मलाइ आजभोली यो समाज लšगडो भन्छन भगवान । गर्वमै निमोठिएको फुललाइ पनि तिमी किन यसरी लावारीस बनाएर तड्पाउछैा भगवान मैले कहिले सम्म तिम्रो यो ऋण तिर्न लाग्ने हो मलाइ थाहा छैन । जन्मदा न बाउ चिने न आफन्त । मैले मेरी आमालाइ हजार बार सोधे होला भगवान जति मैले तिम्रो नामपनि लिएको छैन होला । म तेरो वाउ भएको ठाउमा जान्छु अनि तपनि आएपछि देखाइदिउला भन्ने गर्थिन । कि तिमी नै मेरो बाउ हो मेरी आमा तिमी भएको ठाउमा आएकी छिन रे त त्यो भक्तजनले भनेको । कि मेरी आमा तिमीलाइपनि राम्री लाग्यो तिमी त लाटो रहेछौ भगवान । मेरी आमाले कहिले असन चोक विर हस्पिटल अगाडी पछाडी कहिले भोटेवाहाल रत्नपार्क र वसपार्क यता उता चाहार्दैमा कुमारीतत्व गुमाइसकेकी थिइ । मेरो आमाले मर्ने बेलामा तड्पिएर भन्दै थि बाबु त पनि आउनेछस कति समय जिउनेछस हासेर जिउनु तेरो मृत्यु भोली पक्कै छ । म त आजसम्म जति पिडा मन भरि दुखाइ शरिर भरि हुदापनि हासेकै छु । अगी नै भने नि तिम्रा सन्तानले जिस्काउदा जिस्काउदै मेरो खुट्टा लगे अस्ती भर्खर पशुपतिको सिडीमा बैशाखीको साहाराले लत्रेको गुल्टिदै म तल पुगे शशीरपनि चोटै चोट लाग्यो त्यैपनि दुखेन मलाइ । दुख नै मेरो साथी भएपछि दुख देखेर नै म रोए भने दुखलेपनि छोडेर गयो भनि म केा भनेर बाच्ने त्यसैले मलाइ दुख्दैन नि भगवान । देख्यौ भगवान म कस्तो आज्ञाकारी पुत्र आमाले मृत्युशैयामा पुग्दा बोलेकी सबै मैले पुराइरहेको छु । म आज सम्म हासेकै छु । दिए खाइदिन्छु नदिए भोकै सुतिदिन्छु । सत्य भगवान आजसम्म जवरजस्ती गरेको छैन र गर्दिनपनि । सधै पेट भरिराखेर भोकपनि रिसाायेा भने म कोसँग खुशी हुनसक्छु र भगवान त्यसैले म भोकसँगपनि मिलिरहेकोछु टाढा नबनाइदेउ ल । मेरा अरुपनि दरिद्रताका साथीहरु छन् । तिमीलाइ भन्दिन किनकी तिमीले ति साथीहरुलाइपनि मबाट टाढा बनाइदेउ भने म यो अल्पआयु जिन्दगी कसको साहारामा वाच्ने त्यसैले गोप्य ल । भगवान मेरो मृत्यु पक्कै छ मलाइ थाहा भइसक्यो मेरी आमाले आफनो जवानीको रšमा उठवस गर्दैमा म पसेछु त्यो गर्वमा । मलाइ मेरी आमाप्रति कुनै गुनासो छैन । जन्मलिन पाउनु नै ठुलो कुरो हो । मेरी आमालेपनि त्यहि पापी पेट र मलाइ हुर्काउन कति मिहिनेत गरीन । म गर्वशायमा हुदा कति ग्राहक घटे होलान । उनीले चाहेको भए कुनै मेडीकलसँस्थामा गएर मलाइ पतन गर्नपनि सक्थिन र फेरी नया जवानी भर्न सक्थिन तर उनीलाइ पनि आमा हुने रहर जागेछ कि किन हो नाजायज भएपनि जन्म दिएर आमा बन्ने रहरमा रुमालिएर नौ नैा महिना दुख सहेर भएपनि यो सँसारमा जन्म दिइन । जुन दिन मेरो आमा आफनो जवानीको मोलतोल गरेर मेरो एकराते बाउसँग उठबस गरिन त्यो दिन नै म र मेरो आमाकोलागी अभिसाप भएछ । मेरी आमा त भन्दैथी रे मैले अरुसँगपनि धेरै उठबस गर्नु छ कति प्यासीहरुको प्यास मेटाउनु छ यो जिवन लामो सम्म देख्नुछ खोल नलगाइ कन सहवास नगरौ भनेर तर बेचिएकी मेरो आमाको कुरा त्यो मेरो एकराते बाउले किन सुन्थ्र्यो र व्याकुल प्यास मेटाइ भित्रै मदेशेले पान खाएपछि छोक्रा फाले झै थुकेर हिडेछ । फलस्वरुप त्यो छोक्राबाट म र छोक्राबाट निस्केका भाइरसबाट मलाइ र मेरी आमालाइ एडस भएछ । जुन मेरी आमाले म जन्मेपछि मात्र थाहा पाइछिन । यदि पहिला नै थाहा पाएकी भए सायद यो धर्तिमा मेरो जन्म हन्थे न कि भगवान स्मरण रहोस जव मेरी आमाको गर्वमा वास वस्न पुगेँ त्यो थाहा भए देखी मेरी आमा कुनै एक भारतिय व्यापारीको घरमा घरधन्दाको काम जागिरे भइन । उनी सच्चा आमा बन्न चाहान्थीन मलाइ सकुशल जन्म दिएर तर विडम्बना ति व्यापारीलेपनि ओभरटाइम लगाउन थालेपछि र आमाको कमजोर हुदै गएको स्वास्थ स्थितीबाट मेरी आमा एक्लीइन । म आमाले जताजता डोराउदै लगिन म तेतै तेतै लागे सुन्दर कोठाबाट सुरु भएको मेरो यात्रा पशुपतिको वृद्धा आश्राम पछाडीको काल्लामुनी सम्म सँगै लिएर आज मलाइ मेरो आमा छोडेर एक्लै गइन । साझपख आजभोली नराम्ररी ज्वारो सहित टाउको दुख्छ शशिरैभरि पिडा हुन्छ अब लाग्छ भगवान मपनि तिमीसामु छिटटै आउदैछु । मलाइ कमजोर नसम्झ भगवान म तिमीसँग आएर तिमीलाइ बदला लिएरै छोडनेछु । यमलोकमा राज गरेर तिमीलाइ पनि यो पातालमा झारेर म जस्तै गर्वमा नै निमोठाएर जन्म दिनेछु अनि तिमीलाइ थाहा होला यो पातललोकमा यसरी जन्मीदाको पिडा कस्तो हुन्छ भनेर । मान्छेले कि पढेर जान्छ कि त परेर । मैले त भोगे तिमीलाइपनि भोगाएर नै पोख्त बनाउनेछु । तिमीलाइ कता कता डर लागीसक्यो होला । यो कस्तो व्याक्ति जन्मियो भनेर । यस्तो कठोर त आजसम्म कुनै सन्तती थिएन यो कसरी यस्तो भयो भनेर । माफ गर भगवान जन्मदैमा केाहि पापी अर्धमी चोर हुदैन त्यो त सबै तिमीबाट ठगिएका व्याक्तिहरु हुन जसले आफनो सानो व्याक्तिगत आधारभुत जिवाकोपार्जन गर्नकालागी गरेका सँर्घष मात्र गरेका हुन । त्यसमध्य मपनि एक हुँ तर म यिनीहरु भन्दा धेरै नै ठँगिए भगवान । तिमीले मलाइ गर्वको सँसार र यो पातलको सँसारमापनि उत्तिकै पिडा दियौ त्यसैले म तिमीलाइ यो बदला लिने मैले अठोट गरेँ । म जस्तै उजाडिएका धेरै छन् यहा तर म यिनिहरु लाक्षी भन्दा विल्कुल फरक छु । तिमीले दिएका दर्दले नै मेरो मन ढुšगा भन्दापनि साह्ो भइसक्यो । मपनि एक मान्छे भएर जन्मेको थिएँ नि भगवान मरेापनि कयौ इच्छा रहरहरु थियो । मेरो मनमापनि मानवता थियो तर तिमीले यो सबै मेरा आकाक्ष्याँलाइ लताएर मलाइ यस्तो कठोर परजिवी बनाइदियौ कि जसले तिमीलाइ नै डस्न पछि पर्नेवाला छैन । मेरो के गल्ती थियो र मलाइ यत्तिको सजाय दियौ यसको चित्त बुझदो उत्तर देउ म हजारैा जुनी पनि यस्ता पिडा सहेर बाच्न सक्छु । तर मलाइ विश्वास तिमीले दिन सक्दैनौ । किनकी नजानेर हेास या लापर्वाहीले तिमीले गल्ती गरिसकेका छौ । नडराउ भगवान तिमीले यस्ता गल्ती धेरै गरिसकेका छौ तिमीलाइ यसमा कुनै पछुतो भने लाग्ने छैन । मैले आज भोली माग्न छोडीसके एक महिना नै हुन लागीसक्यो जिउ सुकेर विसौली पुगीसक्यो स्वास फेर्नपनि गाह्ो हुन्छ मेरी आमालाइ जस्तै भएको छ मलाइ । तर म मेरी आमा जस्तो लाचरी दुनियाको नजरमा विचरा बन्न चाहान्न धिस्रीदैछु भगवान भोली त म वागमतिको किनारमा पुगिसकेको हुनेछु । प्रतिक्षा गर भगवान अब कति नै होला र मेरा यि दिन मात्र प्रतिक्षा गर भाग्ने कोशीश नगर्नु । तिम्रो लापरवाही धेरै चल्दैन यहा । तिमीले गल्ती गरिसकेका छैा । जो कुनै होस गल्ती गरिसकेपछि सजाय पाउनु नै पर्छ र तिमीले पाउनेछौ पनि र आगामी आउने सन्ततीले त मैले झै गर्वबाट रोएर जन्म लिने प्रथा सदा सदाका अन्त हुनेछ ।