बन्दुकको नालबाट निस्कने किताब !
बान की मुनको सन्देश
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल यात्रा छोटै अवधिको भए पनि ऐतिहासिक महत्त्वको बन्न पुगेको छ । उनी नेपाल यात्रा गर्ने पाँचौं राष्ट्रसंघीय महासचिव मात्र होइन, बौद्ध संस्कृतिमा गहिरो आस्था राख्ने तत्कालीन महासचिव उ-थान्तपछिका दोस्रा व्यक्तित्वसमेत हुन् । यति मात्र पनि होइन, संक्रमणबाट गुजि्ररहेको नवोदित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायी शान्तिप्रक्रियाका अत्यन्त महत्त्वपूर्ण सहयोगी पनि हुन् बान की मुन । विश्व संस्थाको सर्वोच्च पदाधिकारीका रूपमा उनको भ्रमणले नेपालको शान्तिप्रक्रियालाई टंुगोमा पुर्याउन केही अहं महत्त्वका सन्देश पनि दिएको छ । नेपालका महत्त्वपूर्ण हस्तीहरूसँगको मुनको भेटघाटले उनीहरूको ँमुड’ बुझ्न, नियतको राम्ररी अध्ययन गर्न र थप सहयोगको खाका तयार गर्न अवश्य नै मद्दत पुग्नेछ । सर्वप्रथम त मुनले नेपाली जनतालाई शान्तिस्थापनामा हासिल गरेको उपलब्धिका लागि बधाई दिए र सन् ०१५ सम्म सहस्राब्दी लक्ष्य पूरा गर्नमा जोड दिए । शिक्षा, स्वास्थ्य, लैंगिक समता, गरिबी उन्मूलन, सामाजिक र राजनीतिक समावेशीकरणजस्ता परिसूचकमा जोड दिइएको सहस्राब्दी लक्ष्य द्वन्द्व समाधानका निम्ति सर्वाधिक महत्त्वपूर्ण परिसूचकका आधार हुन सक्छन् भन्ने स्थापित मान्यताको एक पक्षराष्ट्र हो नेपाल । र, यतिबेला जब नेपाल संविधान निर्माणप्रक्रियामा अघि बढ्ने क्रममा छ, माओवादी नेतृत्वमा सरकार बनेको छ, र सरकारबाहिर प्रतिपक्षका रूपमा बसेर एक महत्त्वपूर्ण दल नेपाली कांगे्रसले शान्तिप्रक्रियामा ँहलो अड्काइरहेको’ अनुभव गरिँदै छ, महासचिवको आग्रहपूर्ण सन्देशले सबैलाई एक ठाउँमा आउन अभिप्रेरित गर्छ । दोस्रो, मुनले प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण तथा भेटघाटको स्मरण गर्दै प्रचण्डले शान्तिस्थापनामा नेपाललाई विश्वकै नमुना राष्ट्रका रूपमा खडा गर्न चाहेको उल्लेख गरी सो ँआश्चर्यजनक लक्ष्य’ प्राप्त गर्न प्रधानमन्त्रीसमक्ष सबैलाई एक ठाउँमा ल्याउन आग्रह गर्नुभएको छ । यसबाट नेपालको शान्तियात्रामा प्रचण्डले निर्वाह गरेकोे भूमिकालाई उनले खास महत्त्व दिएको र तदनुकूल आशा गरेको बुझन्िछ । रष्ट्रसंघ महासचिवले जारी शान्तिप्रक्रियामा माओवादी लडाकूहरूको समायोजन र पुनस्र्थापन कार्यलाई विशेष महत्त्व दिँदै सो काम नभएसम्म शान्तिप्रक्रिया पूरा नहुने बताएका छन् । यस अवधारणाले यस्तो महत्त्वपूर्ण मुद्दामा अल्मलिएको नेपाली राजनीतिलाई एकप्रकारले तरंगित पारेको हुनुपर्छ । उनले नेपाली कांग्रेसका सभापतिसँग पनि यी विषय उठाएको अनुमान गर्न कठिन छैन । नेपाली कांग्रेस अहिले सरकारले गठन गरेको तद्विषयक समितिमा सहभागी हुन मानिरहेको छैन र केही प्राविधिक कुरामा असहमति जनाइरहेको छ । सारतः यसैले महासचिवले सरकारलाई नेपाली कांग्रेसको सहभागिता सुनिश्चित गर्न तथा अन्य दलको अभिमत लिनसमेत आग्रह गरेका हुन् भन्न सकिन्छ । तेस्रो, महासचिव मुनले कंगोको द्वन्द्वमा नेपाली सेनाका एक मेजरकोे वीरतापूर्ण उत्सर्गघटना स्मरण गरेर नेपालले अन्तर्राष्ट्रिय शान्ति मिसनमा निर्वाह गरेको भूमिकाको हार्दिक प्रशंसा गरी नेपाली जनताले त्यसैगरी नेपालको शान्तिप्रक्रियामा उत्सर्ग गर्नसक्ने आशय व्यक्त गरे । यसबाट महासचिवले नेपालका दल र जनतामाथि ठूलो भरोसा राखेको स्पष्ट हुन्छ । महासचिवले नेपाली राजनीतिक नेतृत्व र जनताप्रति देखाएको भरोसालाई दृष्टिगत गरी वर्तमान जडताको उपयुक्त निकास खोज्नुपर्ने र उच्चतम राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको छ । अब पनि कांग्रेसले माओवादीलाई पुरानै दृष्टिले हेर्न मिल्दैन, किनकि उसले अन्तर्राष्ट्रिय मञ्चबाट मान्यता पाइसकेको छ- संरासं महासचिवको नेपालभ्रमणले यही सन्देश दिएको छ ।राजेन्द्रको पुनरागमन
काठमाडाै/ राजेन्द्र भण्डारी नेपाली एथ्लेटिक्स क्षेत्रमा नौलो नाम होइन । मध्यम दूरीका दौडमा विशेष क्षमता प्रदर्शन गर्दै नेपाली खेलजगतमा एकछत्र राज गरेका भण्डारीले दुई वर्षअघि श्रीलंकामा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरी दौडेको प्रमाणित भयो । र, उनीमाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । गत महिनामात्र उनीमाथि लागेको दुई वर्षको प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धपछि उनले पहिलो सहभागिता म्याराथनमा जनाए । लामो दूरीको दौडमा पनि आफू सक्षम रहेको प्रमाणित गर्दै सहभागी ६८ मध्ये पहिलो भए । काठमाडौं एथ्लेटिक्स क्लबले आयोजनामा शनिबार सम्पन्न खुला अन्तर्राष्ट्रिय काठमाडौं म्याराथनको उपाधि जितेका हुन् नेपाल आर्मीका धावक राजेन्द्र भण्डारीले । दुई वर्षपछि पहिलो सहभागिताका रूपमा रहेको म्याराथन दौड २ घन्टा २२ मिनेट १८ सेकेन्डमा पूरा गरेपछि उनले पाँच हजार अमेरिकी डलर पुरस्कार पनि पाएका छन् । 'दुई वर्षको प्रतिबन्धपछि सहभागितामै उपाधि जित्दा खुसी लागेको छ,' पहिलो मध्यम दूरीका धावक रहेका भण्डारीले भने, 'अब म लामो दूरीमा केही गर्ने सोचमा छु ।' प्रतिबन्धित अवधि समाप्त हुनेक्रम अघि बढ्दै जाँदा धावक भण्डारीले उत्कृष्ट पुनरागमन नगरेसम्म एक्लै प्रशिक्षण लिने र रंगशाला पनि नजाने 'कसम' खाएका थिए । त्यसैले चार महिनाअघिदेखि एक्लै प्रशिक्षण सुरु गरेका थिए उनले । 'जबसम्म पुनरागमनलाई सुखद बनाउन्न, तबसम्म अरूसँग प्रशिक्षण नलिने सोचाइ बनाएको थिएँ,' भण्डारी भन्छन् । प्रतिबन्धित अवधिमध्येको ६ महिना पाँचखालमा -सैनिक प्रशिक्षण केन्द्र) प्रशिक्षण, अनि ६ महिना हाइटीमा शान्ति स्थापना गर्न खटिए । 'त्यसपछि केही महिना घरपरिवारलाई दिइयो र पछिल्लो चार महिना प्रशिक्षणमा बिताइयो,' म्याराथनको तयारी धेरै नगरेको जानकारी दिन्छन् उनी । 'जित्छु भन्ने आत्मविश्वास कता-कता थियो, सधैं दौडिरहेका साथीहरूसँग दौडदै छु भन्ने सोच्दा बिहान डर पनि लागेको थियो,' उनी भन्छन्, 'तर पनि पार गरे स्वर्ण नत्र दुर्भाग्य भन्ने सोचेर दौडेँ ।' भण्डारीसँगै त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका अर्जुनकुमार बस्नेतले दोस्रो स्थान हासिल गरे । उनले २ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरे । 'दौड सुरु गर्दा पहिलो हुन्छु भन्ने लागेको थियो,' ३३ वषर्ीय अर्जुन भन्छन्, 'तर भक्तपुरबाट अलि पछि परियो, तर पनि आप\mनै साथीले जित्दा खुसी लागेको छ ।' गत महिना रियल काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा पनि दोस्रो भएका अर्जुनले यसपटक दोस्रो भएर तीन हजार अमेरिकी डलर पुरस्कार पाए । त्यसअघि, बेइजिङ ओलम्पिकमा समेत सहभागी भएका धावक बस्नेत आगामी महिना पोखरामा हुने म्याराथनमा पनि सहभागिता जनाउने तयारीमा छन् । लगातारको सहभागिताले पनि पहिलो हुन नसकेको उनी स्विर्काछन् । पहिलो र दोस्रो मात्र होइन आर्मीका सात धावक शीर्ष दसभित्र परे । जेसु एन्ड नेपालय, पmान्सको प्रायोजनमा भएको दौडमा सशस्त्र प्रहरीका अर्जुन ढकाल तेस्रो भए । ढकालले २ घन्टा २८ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । म्याराथनमा ६८ धावकले सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत स्कुलस्तरीय छात्र तथा छात्रा ५ किमि दौड पनि सम्पन्न भयो । जसअन्तर्गत छात्रातर्फ वासु मावि भक्तपुरकी सरिता बासी २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन् । यसैगरी, शारदा उच्चमावि भक्तपुरकी सुमित्रा कोजु २१ मिटर ३९ सेकेन्डमा दौड पूरा गरी दोस्रो र वासु माविकै अनु तजले २१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । छात्रतर्फ ज्योतिदयका दीपक देशारले १६ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी पहिलो भए । आदर्श आजाद भक्तपुरका सुरेन्द्र ग्वाचा १७ मिनेट ३० सेकेन्डमा दघूरी पार गरी तेस्रो र नालन्दा एकेडेमीका कृष्ण महर्जन १७ मिनेट ५४ सेेकेन्डमा दूरी पार गरी तेस्रो भए । विजेतालाई नेपालका लागि जापानका राजदूत ताजुओ मिजुनोले पुरस्कार वितरण गरे । यसैगरी, चौथोदेखि दसौं भएका खेलाडी र छात्रछात्रातर्फको विजेतालाई रिबोकद्वारा प्रायोजित खेलकुद सामग्री प्रदान गरियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।
अब बिरूवाले पनि ब्लग लेख्छ रे
जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । 'मोदिरी-सान' वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ । 'सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,' अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ । बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । 'आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ....आज निकै रमाइलो भयो' गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो 'आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।' आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ ।
Subscribe to:
Posts (Atom)