नेप्सेका अध्यक्ष हेमन्त बस्यालद्वारा राजीनामा

मकाउ, अप्रिल २८, २०२६ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। नियुक्त भएको छोटो समयमै बस्यालले मंगलबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। स्रोतका अनुसार, अध्यक्ष बस्यालले आफ्नो राजीनामा पत्रमा "व्यक्तिगत तथा विशेष कारण" ले गर्दा पदमा निरन्तरता दिन असमर्थ रहेको उल्लेख गरेका छन्। यद्यपि, पुँजी बजारको विकास र सुधारका लागि प्रयासरत मानिने बस्यालको यो कदमलाई बजार वृत्तमा भने अनपेक्षित मानिएको छ।

सुकुम्वासी बस्ती खाली गर्ने निर्णयविरुद्ध सर्वोच्चको 'कारण देखाउ' आदेश

मकाउ, २८ (रासस): सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा रहेका सुकुम्वासी बस्ती खाली गराउन खोजिएको विरुद्ध दायर रिटमा 'कारण देखाउ' आदेश जारी गरेको छ। न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै उक्त आदेश जारी गरेको हो।
छलफलका लागि वैशाख २२ मा बोलाइयो सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सो विवादका विषयमा दुवै पक्षको छलफलका लागि अदालतले आगामी वैशाख २२ गतेका लागि समय तोकेको छ।