मकाउ। हङकङ सरकारले नेपाली नागरिकहरुलाई हङकङ हुँदै यात्रा गर्दा लिनुपर्ने ट्रान्जिट भिसाको प्रावधान हटाएको छ। यसको मतलब, अब नेपालबाट अन्य मुलुक जाँदा वा फर्कदा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्ने नेपाली राहदानी बाहक यात्रुले अत्यावश्यक ट्रान्जिट भिसा लिनु पर्ने बाध्यता रहने छैन। नेपाली महावाणिज्य दूतावास हङकङले यस्तो नियम १५ नोभेम्बरबाट लागू हुने जानकारी दिएको छ।