नेपाल दोस्रो स्थानमा


       माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो ।
                 नेपालले यसअघिको खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । माल्दिभ्स र नेपाल दुवैको तीनरतीन खेलबाट समान पाँचरपाँच अंक रहेपनि गोल अन्तरले शीर्ष स्थानको निर्णय गरेको हो । माल्दिभ्सले लिग चरणमा चार गोल गरेर दुई गोल खाएको थियो । नेपालले भने तीन गोल गरेर दुई गोल खाएको थियो ।यससँगै प्रतियोगिताबाट पाकिस्तान र बंगलादेशको चुनौती समाप्त भएको थियो । पाकिस्तानको तीन र बंगलादेशको एक अंक रह्यो । नेपाल भने भारतको गोवामा सन् १९९९ मा भएको दोस्रो साफ च्याम्पियनसिपयता दोस्रो पल्ट अन्तिम चारमा पुगेको हो । यसपल्टको सेमिफाइनल समीकरण टुंगो लाग्न अझै बाँकी छ ।
Photo - Goal Nepal .com 
         शुक्रबार हुने सेमिफाइलनमा माल्दिभ्सले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको टिमको सामना गर्नेछ । यस्तै नेपालले समूह ‘ए’ को पहिलो हुने टिमसँग खेल्नेछ । माल्दिभ्सको जितमा अहमद तारिकले दुई गोल गरे भने अर्को गोल अलि असफखले गरे । बंगलादेशका तर्फबाट सहेदुल सहेदले एक गोल फर्काए ।


नेपाल बाहिरिने अवस्थामा

काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्। हङकङले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक उपविजेता युएईमाथि ४ विकेटको अप्रत्यासित विजय हात पारेपछि नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। सुवास खकुरेलले ३२ बलमा ८ चौकासहित ४० रन बनाउदा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनाएको थियो। म्यान अफ द म्याच पृथु बाँस्कोटाले अन्तिम ओभरमा ३ विकेट लिएपछि नेपालले कुवेतको इनिङलाई १९.५ ओभरमा १ सय २५ रनमा सिमित भयो। २००९ मा युएईमा भएको पछिल्लो संस्करणमा विनोद भण्डारीले अन्तिम बलमा छक्का गरी स्कोर बराबरी गरी नेपाललाई कुवेतमाथी बल आउटमा जिताएका थिए।