कुमारी आमाबाट जन्मेका सन्तानलाई नागरिकता - सर्वोच्च अदालत

जेठ ५,   
               कुमारी आमाबाट जन्मेका सन्तानले वंशजकै आधारमा नागरिकता पाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाको जिल्लास्थित महिला मानव अधिकार रक्षकहरुले स्वागत गरेका छन् ।
महिला मानव अधिकार रक्षकहरुको सञ्जालका अध्यक्ष लक्ष्मी आचार्य, महिला पैरवी मञ्चका अध्यक्ष कृष्णा राना, विधवा महिला सरोकार केन्द्रका अध्यक्ष हुमा डि.सी. लगायतका महिला अधिकार सम्बद्ध संघसंस्थाहरुले शुक्रवार विज्ञप्ति निकालेर सर्वोच्चको सो फैसलाको स्वागत गरेका हुन् ।
'पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु । बाबु खोज्ने प्रचलन कुरीति हो, यो उन्मूलन गर्न चेतनामूलक शैक्षिक अभियान थाल्नू' सर्वोच्चको फैसला उद्दृत गर्दै विज्ञप्तिमा भनिएको छ,  ' आमाको नामबाट नागरिकता लिनलाई सहज वनाउने सर्वोच्चको सो फैसला अत्यन्त सकारात्मक छ । सर्वोच्चको सो फैसलाको हामी स्वागत गर्दछौं' प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'सो फैसलामा तदारुकता देखाई तत्काल कार्यान्वयनमा लैजान सम्बद्ध पक्षको ध्यानाकृष्ट पनि गराउँन चाहन्छौं ।'
दोलखाकी एक युवतीलाई नागरिकता दिलाउँदै आइन्दा यस्तो अवस्थाका सबैलाई नागरिकता दिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । ती युवतीलाई आमाकै नामबाट नागरिकता दिन सर्वोच्चले सरकारलाई आदेश दिएको थियो । फैसलाको पूर्णपाठ गत विहिबार (जेठ ५ गते ) तयार भएको छ जसमा पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु भन्ने आदेश गृह मन्त्रालयमा दिइएको छ ।
फैसलाले महिलाको आत्मसम्मान र स्वाभिमानको रक्षा गरेको भन्दै जिल्लाका महिला मानव अधिकार रक्षकहरुले नेपाली नागरिकका सन्तानलाई विभिन्न नाममा अनागरिक हुनुको पीडा भोग्दै आउनुपरेको सदियौंदेखिको कुपरम्परा र प्रचलन तोडिएको वताएका छन् ।

गृहमन्त्री महराले दिनु भएको सन्देश

काठमाडौं, ६ जेठ
उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र जनताको सम्बन्धलाई सुदढ् गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उहाँले जनतासँगको सम्बन्ध सुदृढ गर्नका लागि मातहतका अधिकारीहरुलाई निर्देशनसमेत दिईसक्नुभएको छ ।
शुक्रबार िसंहदबारस्थित गृहमन्त्रालयमा मन्त्रालयमातहतका उच्चअधिकारीहरुको माझमा गृहमन्त्रालय साचालनसम्बन्धी आफ्नो रोडम्याप प्रस्तुत गर्नुहुँदै गृहमन्त्री महराले जनताको सुरक्षाका लागि कुनै पनि कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । काठमाडौं उपत्यकामा रहेका मन्त्रालयत मातहतका सहसचिव र तीन सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिडाईजीसम्मका उच्च अधिकारीहरुको माझमा मन्त्री महराले आफ्नो रोडम्याप प्रस्तुत गर्नुभएको हो ।
गृहमन्त्री महराले ुसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाु नारा लिनुभएको छ । शुक्रबार नै गृहमन्त्रालयमा केही साचारकर्मीहरुको सहभागीतामा गृहमन्त्रीले मन्त्रालयका उच्चअधिकारी र सुरक्षा निकायका उच्चअधिकारीहरुमाझ प्रस्तुत गर्नुभएको आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको छ ।
पत्रकार भेटघाटमा मन्त्री महराले शान्ति सुरक्षा सुदृढका लागि सुरक्षा निकाय निष्पक्ष स्वतन्त्र र व्यवसायिक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भष्टचार नियन्त्रणमा लागीपर्ने छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने आफ्नो कार्यक्रममा उल्लेख गर्नुभएको छ । पत्रकारको एक जिज्ञासामा मन्त्री महराले दसवर्षे जनयुद्धको क्रममा राजनीतिक पूर्वाग्रहमा लगाइएका सम्पूर्ण मुद्दाहरु फिर्ता हुनुपर्ने बताउनुभयो । वृहत् शान्तिसंझौताले जनयुद्धकालका मुद्दा खारेज गरिसकेको बताउनुभयो । 
गृहमन्त्री श्री कृष्णवहादुर महराले दिनु भएको सन्देश
१।  अहिले हाम्रो देशको मूल एजेण्डा नयाँ संविधान निर्माण गर्ने र शान्ति प्रकि्रयालाई सकारात्मक निष्कर्षमा पुर्याउने हो । सरकार यही दायित्व पूरा गर्ने दिशामा अघि बढिरहेको  छ । इतिहास र क्रान्तिले सुम्पेको यो दायित्व सम्पन्न गर्ने क्रममा वर्तमान सरकार दृढतापूर्वक लागि परेको छ ।
२।  सशस्त्र द्वन्द र जनआन्दोलनबाट प्राप्त उपलव्धिहरुको संस्थागत विकास गर्दै अघि बढ्नु आजको हाम्रो कर्तव्य हो । बिभिन्न वर्ग क्षेत्र लिङ्ग जातजाति भाषाभाषी एवं धर्म संस्कृतिका जनसमुदायको परिवर्तनको आकांक्षा र समयको आवश्यकतालाई बुझ्न र सही संवोधन गर्न सक्नुमा हाम्रो अहिलेको क्षमता अभिव्यक्त हुन्छ । यही नै नयाँ संविधानले चाहेको मर्म शान्ति प्रकि्रयाको सम्मानजनक निकास र नयाँ नेपालको सार पनि हो ।
यतिवेला हामी संक्रमणकालको उत्कर्षमा छौं । बिगतका सबै क्रान्ति वा जनआन्दोलनका शक्तिहरु वा वर्तमान नयाँ नेपाल निर्माणका सबै सहभागी शक्तिहरु नयाँ संविधान निर्माणको महान वहसमा जुटिरहेको वेला केही स्वार्थी तत्वहरु संक्रमणकालको नाजायज फाईदा उठाउन र समस्या उत्पन्न गर्ने कुचेष्ठा पनि गरिरहेका छन् । संक्रमणकालीन अवस्था निकै संवेदनशील र जटिल त हुन्छ नै । मलाई थाहा छ यस्तोबेला स्थानीय प्रशासन र सम्वन्धित सुरक्षा निकायले एकै पटक कानूनको नियमनकर्ता प्रयोगकर्ताको साथै राजनैतिक सामाजिक अन्तरविरोधहरुको समाधान गर्नु्र पर्ने बाध्यता छ । त्यसमा पनि बृहत शान्ति संझौताको मूल मर्म र विद्यमान अन्तरिम संविधानले निर्दिष्ट गरेको कानूनको पालना गर्नु र गराउनु नै हाम्रो मूल कर्तव्य हो र हुनुपर्छ । दण्डहीनताको अन्त्य र विधिको शासनको स्थापनाको मूल मर्म यही हो ।३।  नेपाली जनताको जिउधनको सुरक्षा गर्नु राज्यको र सरकारको पहिलो दायित्व हो भने सुरक्षित वातावरणमा रहन वाँच्न वा जीविकोपार्जन गर्न पाउनु जनताको मौलिक हक पनि हो । वर्तमान अवस्थामा देशभित्र देखिएको शान्ति सुरक्षामा देखिएका कमी कमजोरीहरुलाई हटाएर आम जनतालाई सुरक्षाको अनुभूति गराउनु सरकारको प्राथमिक कार्यभार हो । यसका लागि सरोकारवालाहरुसंगको बृहत परामर्श र सहकार्य गरी राष्ट्रिय सुरक्षा नीति र आन्तरिक सुरक्षा रणनीति तर्जुमा गर्ने सोचाई सरकारले राखेको जानकारी गराउन चाहन्छु ।

मूल्यांकनको मुख्य आधार सही कार्य सम्पादन नै हो । राजनैतिक आस्थाका आधारमा कार्य सम्पादनको मूल्यांकन गर्ने नीति मैले लिने छैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई सजाय गर्न काजुस्याई गरिने छैन । कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कारको नीति अवलम्वन गरिने छ । सरकार राष्ट्रसेवकहरुको पेशालाई मर्यादित सक्षम व्यवसायिक र आधुनीकिकरण गर्दै लैजान प्रयासरत हुनेछ । वास्तवमा राष्ट्रसेवकहरु नै देशका पूर्णकालीन कार्यकर्ताहरु हुन र राष्ट्रिय स्वार्थ र जनताको सेवा नै उनीहरुको पहिलो प्राथमिकता हुनु पर्छ । राष्ट्रिय स्वार्थको अगाडि निजी स्वार्थ गौण राखेर काम गर्नु हुने नै छ भन्ने विश्वास मैले लिएको छु ।

जनता सार्वभौम र सर्वोपरी हुन । जनताको चाहना विपरित कुनै पनि सरकार अगाडी वढ्न सक्दैन र जनतालाई केन्द्रविन्दु नवनाई लागू गरिएको योजना नीति र कार्यक्रमहरु सफल हुंदैनन् भन्ने तथ्यलाई विशेष ध्यान दिनु पर्छ । राज्यले प्रवाह गर्ने सार्वजनिक सेवाहरु जनता केन्द्रित हुनु पर्दछ र सेवा प्रवाहको क्रममा भएका कार्यहरु पारदर्शी पनि हुनु पर्छ । शान्ति सुरक्षा कायम गर्ने र सेवा प्रवाह गर्ने कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुले अधिकारको प्रयोग मात्र होइन जवाफदेहिता वहन गर्न पनि त्यत्तिकै जरुरी छ । तसर्थ जनता माझ पुर् याउने सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी वनाउन सेवा प्रवाह सम्बन्धि कार्यविधिहरु तर्जुमा गर्दै जाने नीति लिइने छ ।

सरकार उच्च मनोवल सहित आफ्नो तोकिएको कार्य सम्पादन गर्न सबै राष्ट्र सेवकलाई आग्रह गर्दछ र भ्रष्टाचार नियन्त्रणमा सबै सरोकारवालाहरुको सहयोग प्राप्त गर्ने विश्वासमा दृढ छ । यसका निमित्त भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यलाई बिशेष प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने छ ।

गृह प्रशासनसंग सम्वन्धित मौजुदा ऐन नियमहरुको पुनरावलोकन गरी वर्तमान आवश्यकताका आधारमा नयाँ ऐन नियमहरुको तर्जुमा गरिने छ । गृह प्रशासन सुधार संग सम्वन्धि विगतका गठित आयोगहरुका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिईने छ ।

शान्ति सुरक्षा कायम राख्ने काम स्थानीय जनताको सहयोग र समर्थन विना संभव हुँदैन । त्यसैले नागरिकहरुलाई बर्दी विनाको प्रहरी भनि महत्वका साथ भन्ने पनि गरिन्छ । कार्यसम्पादनको क्रममा साधन र स्रोतको अभाव हुन सक्छ । हाम्रो जस्तो मुलुकमा चाहे जति वा मागे जति साधन र स्रोतको विन्यास सम्भव नहुनु पनि स्वाभाविकै हो । यस्तो स्थितिमा स्थानीय प्रशासन र स्थानीय सुरक्षा निकायहरुले स्थानीय जनतासँगको सहकार्यमा सीमित श्रोतबाट अधिकतम उपलब्धि हासिल गर्ने गरी कार्य नगरी सुख्खै छैन । यसर्थ सुन्दर शान्त एवं समृद्ध नेपालको हाम्रो सपना साकार पार्न ूसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाू हाम्रो परिकल्पना हुनेछ ।

    राज्यद्वारा शान्ति सुरक्षा कायम अपराध नियन्त्रण तथा कानूनको परिपालना गराउने क्रममा व्यक्तिको मानव अधिकारको पूर्णातः संरक्षण र सम्मान गर्ने हाम्रो नीति रहनेछ । अपराध अनुसन्धानको सिलसिलामा सुरक्षा निकायको हिरासतमा रहेका व्यक्तिहरु तथा कारागार भित्रका वन्दी तथा थुनुवाहरुमाथि गरिने व्यवहारमा जेनेभा कन्भेन्सन तथा मानवाधिकार सम्वन्धित अन्तर्राष्ट्रिय महासन्धिको पूर्णतः पालना गर्नु हाम्रो कर्तव्य हो ।

राष्ट्रिय अखण्डता सार्वभौकिता एकता तथा स्वाधीनतालाई केन्द्रविन्दु मान्दै र छिमेकी मुलुकहरुको अखण्डता र सार्वभौमिकतालाई सम्मान गर्दै नेपालको कुनै पनि भू-भागमा कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारका गतिविधि गर्न दिइने छैन ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना हो । राज्यले गरेका असल कामहरु वारे जनतालाई सुसूचित गर्ने र गलत कार्यहरु प्रति खवरदारी गर्न प्रेसको अहम् भूमिका हुन्छ । बिभिन्न अपराधिक समूहहरुबाट भैरहेको प्रेस तथा पत्रकारहरुमाथिको भौतिक आक्रमण तथा मानसिक दवाव निस्तेज पार्दै पत्रकार तथा संचार गृहको पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गर्दै मिडिया मैत्री नीति र व्यवहार अपनाइनेछ ।

सबैलाई ज्ञान नै छ कि एउटा विशिष्ट राजनीतिक परिस्थितिमा तत्कालीन राज्यसत्ताको विरुद्धमा १० वर्षे जनयुद्ध संचालन भएको थियो । जनयुद्धको क्रममा भएका सुरक्षा कारवाईहरु स्वभाविक नै थिए । तापनि त्यस कालखण्डमा घटेका कुनै घटना वा कारवाहीलाई आधार मानेर माओवादीले कसैप्रति पनि पूर्वाग्रह नराख्ने र राष्ट्र सेवक सुरक्षाकर्मीहरुले पनि आग्रह पूर्वाग्रह नराख्न समेत अपील गर्दछु । हामी सबैले नयाँ परिवर्तनलाई आत्मसात गरिरहेका छौं । तसर्थ हिजोका युद्धरत दुईपक्ष विच कुनै पनि किसिमको मनोवैज्ञानिक दूरी रहन आवश्यक छैन भन्ने कुरामा विशेष जोड दिन चाहन्छु ।

वर्तमान सरकार निर्माण भए पछि केही दृश्य अदृश्य तत्वहरुद्वारा हत्या िहंसाका घटना घटेका छन् र शान्ति सुरक्षा कमजोर वा भययुक्त छ भन्ने देखाउन दुस्प्रयास भएको छ । म यस अघिका घटनामा हताहत हुने र घाइते हुनेहरु प्रति समवेदना र दुःख प्रकट गर्दछु । घटनामा संलग्न अपराधीहरुको खोजी र अनुसन्धान शीघ्र गरी कानूनी दायरामा ल्याई सार्वजनिक गर्न र त्यस प्रकारका कुनै पनि घटना हुन नदिन गृह प्रशासन र सुरक्षा निकाय अहोरात्र सजग र सर्तक हुन निर्देशन दिन चाहन्छु ।

संक्रमकणकालीन अवस्थाको नाजायज फाईदा उठाउन चाहने नियम कानूनको अवज्ञा गर्ने समाजमा अराजकता सिर्जना गर्ने वा अपराध गर्ने पक्षसँग सरकार गृह प्रशासन र मातहतका सबै सुरक्षा निकाय झुक्न सक्दैन । परिस्थितिको वस्तुनिष्ठ आंकलन गरी तथ्य वाहिर निकाल्न हामी इमान्दार वन्नै पर्दछ । गलत तत्वहरुसँग सम्झौता गर्न सकिदैन । म यसमा विश्वस्त छु कि हाम्रा सुरक्षा निकाय यस तर्फ सचेत छन् ।

म परिणाममा बिश्वास गर्ने राजनीतिकर्मी हुँ । त्यसैले मेरो मातहतका निकायबाट पनि त्यही अपेक्षा राख्दछु । म सुरक्षा मापदण्डमा हस्तक्षेप गर्दिन तर सुरक्षा मामिलामा संझौता गरिएको अनुशासनहिनता प्रकट गरिएको आर्थिक अनियमितता गरेको प्रलोभनमा परेको पक्षपात या नातावाद भयो भने हेरेर पनि बस्दिन । म जति सहज र सरल छु कर्तव्यच्यूत हुनेप्रति त्यत्तिकै कठोर पनि छु ।

हाम्रो कार्यक्षेत्र हाम्रो देश नेपाल र नेपाली जनता हो । यसर्थ हाम्रो उद्देश्य देश र जनताका लागि ूसरल प्रशासन र प्रभावकारी सुरक्षाू द्वारा ूसहज र सुलभ जनसेवाू हुनु पर्दछ । हामी इमान्दार सक्षम र उच्च मनोवलयुक्त भएर मात्र सरल प्रशासन र प्रभावकारी सुरक्षा नारालाई व्यवहारिक रुप दिन सक्ने छौं । समग्र देशको हित र विकास गर्न सक्यौ तथा देशवासीहरुको जीवनस्तर माथि उठाउन सक्यौं भने हामी सबैको हित र विकास स्वतः हुन जाने तथ्यलाई हामीले मनन गर्नु पर्दछ । म इमान्दार सक्षम र उच्च मनोवलयुक्त कर्मचारी र सुरक्षाकर्मीको सधैं सम्मान गर्नेछु  र साथमा रहनेछु । ईमान्दार तर असक्षम सक्षम तर अईमान्दार तथा कमजोर मनोवल मेरो विपरित प्रबृत्ति हो । ईमान्दार भएर मात्र कर्तव्यनिष्ठ हुन सकिन्छ । इमान्दार सक्षम र उच्च मनोबलयुक्त व्यक्ति मात्र प्रभावकारी वन्न सक्छ । गल्ती नगरौं र गल्ती गर्नेबाट पनि नडराउँ । ूनविराउ र नडराऊ हाम्रो आदर्श हुनु पर्दछ ।
मेरो एक मात्र केन्द्र देश र नेपाली जनता हुन् । यो देश हामी सबैको हो । देशमा शान्ति सुव्यवस्था कायम राख्न सक्यौं भने हाम्रा सम्भावनाका सबै ढोका खुल्ने छन् । हाम्रो पार्टी र सरकारले देशको विग्रदो शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याउन र आजको दिन देखि सकेसम्म कुनै अपराधजन्य घटना हुन नपाउन आकस्मिक रुपमा कुनै घटना घटिहाले पनि अनुसन्धानको तीर अन्यत्र मोडेर उम्किने प्रवृत्तिको अन्त गर्ने बिश्वासका साथ मलाई गृह मन्त्रीको जिम्मेवारी सुम्पेको छ । यो जिम्मेवारी सफलतापूर्वक वहन गर्न गृह प्रशासनको सम्पूर्ण संरचना मातहतका सुरक्षा निकायहरु र सम्वन्धित सबै क्षेत्रको निरन्तर सकि्रय सहयोगको अपेक्षा राख्दछु ।