मेरो लासको डोली बाटो लाग्दा ...............

- राम प्रसाद पन्त " अंजन बनबासी" - इराक, बलाद तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा ! तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !! मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच ! अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !! शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु ! तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !! मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु ! मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !! मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु ! मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !! मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु ! तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !! मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु ! तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !! मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु ! म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !! तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु

नरोउ आमा तिमी

गहभरी आंसु बोकी नरोउ आमा
तिमी तिम्रो आंसु पुस्न म चाडै फर्कदै छु
आएको थिएं पर्देसिएर बिरानो मुलुक मा
धन कमाइ तिमीलाई सुख दिने आसमा
आमा को मामता के हुन्छ बल्ल मैले बुझें
साथी सङ्गी दिदी दाजु भाई सम्झना बोकी
धन कमाउने आस लाई यही बिट मर्दै
गुन्द्रुक ढेंडो मै रमाउन् आफ्नै प्यारो नेपाल रोजें
तिम्रो यादले तड्पायो मलाई बिरानो मुलुकमा
बिरामी भएर थला पर्दा बाबु भन्ने कोही छैन
मन भरी पिडा बोकी गल्ली गल्ली भौंतारिदा
के भयो तिमीलाई भनी सोधीदिने कोही छैन ।
अब सुख दु:ख सबै तिमी सँगइ साट्नेछु
तिम्रै सामु अब म मात्री भुमी सिङार्ने छु
आफ्नै पौरख पसिना मा रम्न अब सिक्ने छु
तिम्रो आसु पुछी असल छोरो को परिचय दिने छु
गह भरी आसु बोकी नरोउ आमा तिमी
तिम्रा सपना साकार पार्न अब
मजन्म भुमी नेपाल को न्यानो माया सांची
नेपाली भुमी र आकाशमा रम्दै अघी बढ्ने छु