नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग शपथ लिने बेला लगाएको एउटा पोसाक देखेर माओवादी नेताहरू नै चकित परे। अस्ति सोमबार प्रधानमन्त्री प्रचण्डले पार्टी निर्णयअनुसार नै पोसाक लगाउनुभए पनि सर्टमाथि लगाउनुभएको टाईका बारेमा भने पार्टीले निर्णय नगरेको फेलापरेको छ। प्रधानमन्त्री प्रचण्ड सर्ट, कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो। शपथग्रहण गर्नुअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाक लगाएर जाने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्दै दौरा–सुरुवाल लगाएर जाँदा राम्रो हुने आफूलाई लागेको तर त्यसबारे सल्लाह दिन नेताहरूलाई आग्रह गर्नुभएको थियो। तर, अधिकांश नेताले भने त्यसको विरोध गर्दै साधारण पोसाकमा शपथग्रहण गर्न सल्लाह दिएका थिए। 'हामीले विगतमा पनि पुरानो राष्ट्रिय पोसाकको विरोध गर्दै आयौँ,' उनीहरूको भनाइ थियो, 'अब त्यही पोसाक लाएर जाँदा पार्टीपङ्क्ति पक्कै पनि खुसी हुने छैन, तपाईं विवादमा पर्नुहुने छ।' अधिकांश नेताहरूले त भादगाउँले टोपी पनि आवश्यक नभएको बताएका थिए। तर, प्रचण्डले भने भादगाउँले टोपी कुनै पनि हालतमा लगाएर जाने बताउनुभएको थियो। 'कम्तीमा एउटा चिजबाट त जनतालाई सन्तुष्टि दिनुपर्छ,' प्रचण्डले भन्नुभएको थियो। शपथग्रहणमा प्रचण्डले टाई लगाएकोमा भने नेताहरूल्ो असन्तुष्टि व्यक्त गरेका छन्। गत वर्ष स्वीटजरल्यान्ड भ्रमणमा जाँदा होस् वा कुनै कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा होस्, प्रचण्डले टाई लगाउनुभएको छैन। यता, शपथग्रहणका सहभागीहरूले भने राष्ट्रिय पोसाक नलगाएकोमा असन्तुष्टि पोखेका छन्। कतिपयले त यतिसम्म भने, 'भादगाउँले टोपीसहित दौरा, सुरुवाल र कोट लगाएको भए प्रचण्डको व्यक्तित्व विशाल देखिने थियो र त्यसबाट परमानन्द प्रकरणमा आहत भएको राष्ट्रियतामाथि राहत पुग्ने पनि आशा थियो।' कसैको दबाबमा हो वा कसैलाई खुसी पार्नका लागि, प्रचण्डले राष्ट्रिय पोसाक नलगाउनाको खास कारण भने प्रचण्डले खोल्नुहोला वा नहोला, भन्न गाह्रो छ।' तेस्तैगेरी प्रचण्ड प्रधानमन्त्री भइसकेपछि नेकपा माओवादीले राज्य संयन्त्रको कुनै पनि निकायसँग निहुँ नखोजे हुन्थ्यो भन्ने जनचाहना भए पनि माओवादीले जनताको यस्तो चाहनाप्रति सरोकार राख्न चाहेन। खासगरी नेपाली सेनालाई फेरि पनि दुःखी बनाउने कार्य नेकपा माओवादीले गरिदिएको छ। शताब्दीयुँदेखि राजाप्रति वफादार रहँदै आएको भनिने नेपाली सेना नेपालको लोकतान्त्रिकरणको क्रममा भएको परीक्षामा उत्तीर्ण भइसकेको छ। राजतन्त्र कि गणतन्त्र भन्ने विवादबाट समेत आफूलाई अलग राखी सेना कुनै व्यक्ति या परिवारविशेषको नभई सिङ्गै देशको हो भन्ने प्रमाणित गराइसकेको अवस्थामा पनि माओवादीले सेनाप्रति दर्शाएको व्यवहारलाई पूर्वाग्रही मानिएको छ। प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष प्रचण्डको चयन भएपछि उहाँलाई सुरक्षा दिने काम स्वतः राष्ट्रिय सेनाको हुनुपर्नेमा पार्टी समर्थित जनसेनालाई प्रधानमन्त्री सुरक्षाको जिम्मेवारी दिने प्रयत्न गरिएकोले राष्ट्रिय सेनाप्रति माओवादीको पूर्वाग्रह झल्किएको हो। विश्वमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति तथा राष्ट्रिय महत्त्वका सम्वेदनशील निकायहरूको सुरक्षा राष्ट्रिय सेनाले गर्ने प्रचलन रहिआएको छ। तर यहाँ सेनाको मनोबल नै गिराउने गरी प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न खोजिनुलाई अस्वाभाविक मानिएको छ। यस सम्बन्धमा हिजो मंगलबार प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति रुक्माङ्गद कटवालबीच भएको भेटवार्तामा पनि यस सम्बन्धमा कुराकानी भएको बुझिएको छ। कुराकानीका क्रममा प्रचण्डले प्रधानसेनापति कटवाललाई राष्ट्रिय सेनाको मनोबल गिराउने प्रकारको कुनै कार्य नहुने विश्वास दिलाउनु भएको बुझिएको छ। टाई पार्टी निर्णयविपरीत, प्रधानमन्त्रीको राष्ट्रिय सेनाप्रति अविश्वास
नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग शपथ लिने बेला लगाएको एउटा पोसाक देखेर माओवादी नेताहरू नै चकित परे। अस्ति सोमबार प्रधानमन्त्री प्रचण्डले पार्टी निर्णयअनुसार नै पोसाक लगाउनुभए पनि सर्टमाथि लगाउनुभएको टाईका बारेमा भने पार्टीले निर्णय नगरेको फेलापरेको छ। प्रधानमन्त्री प्रचण्ड सर्ट, कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो। शपथग्रहण गर्नुअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाक लगाएर जाने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्दै दौरा–सुरुवाल लगाएर जाँदा राम्रो हुने आफूलाई लागेको तर त्यसबारे सल्लाह दिन नेताहरूलाई आग्रह गर्नुभएको थियो। तर, अधिकांश नेताले भने त्यसको विरोध गर्दै साधारण पोसाकमा शपथग्रहण गर्न सल्लाह दिएका थिए। 'हामीले विगतमा पनि पुरानो राष्ट्रिय पोसाकको विरोध गर्दै आयौँ,' उनीहरूको भनाइ थियो, 'अब त्यही पोसाक लाएर जाँदा पार्टीपङ्क्ति पक्कै पनि खुसी हुने छैन, तपाईं विवादमा पर्नुहुने छ।' अधिकांश नेताहरूले त भादगाउँले टोपी पनि आवश्यक नभएको बताएका थिए। तर, प्रचण्डले भने भादगाउँले टोपी कुनै पनि हालतमा लगाएर जाने बताउनुभएको थियो। 'कम्तीमा एउटा चिजबाट त जनतालाई सन्तुष्टि दिनुपर्छ,' प्रचण्डले भन्नुभएको थियो। शपथग्रहणमा प्रचण्डले टाई लगाएकोमा भने नेताहरूल्ो असन्तुष्टि व्यक्त गरेका छन्। गत वर्ष स्वीटजरल्यान्ड भ्रमणमा जाँदा होस् वा कुनै कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा होस्, प्रचण्डले टाई लगाउनुभएको छैन। यता, शपथग्रहणका सहभागीहरूले भने राष्ट्रिय पोसाक नलगाएकोमा असन्तुष्टि पोखेका छन्। कतिपयले त यतिसम्म भने, 'भादगाउँले टोपीसहित दौरा, सुरुवाल र कोट लगाएको भए प्रचण्डको व्यक्तित्व विशाल देखिने थियो र त्यसबाट परमानन्द प्रकरणमा आहत भएको राष्ट्रियतामाथि राहत पुग्ने पनि आशा थियो।' कसैको दबाबमा हो वा कसैलाई खुसी पार्नका लागि, प्रचण्डले राष्ट्रिय पोसाक नलगाउनाको खास कारण भने प्रचण्डले खोल्नुहोला वा नहोला, भन्न गाह्रो छ।' तेस्तैगेरी प्रचण्ड प्रधानमन्त्री भइसकेपछि नेकपा माओवादीले राज्य संयन्त्रको कुनै पनि निकायसँग निहुँ नखोजे हुन्थ्यो भन्ने जनचाहना भए पनि माओवादीले जनताको यस्तो चाहनाप्रति सरोकार राख्न चाहेन। खासगरी नेपाली सेनालाई फेरि पनि दुःखी बनाउने कार्य नेकपा माओवादीले गरिदिएको छ। शताब्दीयुँदेखि राजाप्रति वफादार रहँदै आएको भनिने नेपाली सेना नेपालको लोकतान्त्रिकरणको क्रममा भएको परीक्षामा उत्तीर्ण भइसकेको छ। राजतन्त्र कि गणतन्त्र भन्ने विवादबाट समेत आफूलाई अलग राखी सेना कुनै व्यक्ति या परिवारविशेषको नभई सिङ्गै देशको हो भन्ने प्रमाणित गराइसकेको अवस्थामा पनि माओवादीले सेनाप्रति दर्शाएको व्यवहारलाई पूर्वाग्रही मानिएको छ। प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष प्रचण्डको चयन भएपछि उहाँलाई सुरक्षा दिने काम स्वतः राष्ट्रिय सेनाको हुनुपर्नेमा पार्टी समर्थित जनसेनालाई प्रधानमन्त्री सुरक्षाको जिम्मेवारी दिने प्रयत्न गरिएकोले राष्ट्रिय सेनाप्रति माओवादीको पूर्वाग्रह झल्किएको हो। विश्वमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति तथा राष्ट्रिय महत्त्वका सम्वेदनशील निकायहरूको सुरक्षा राष्ट्रिय सेनाले गर्ने प्रचलन रहिआएको छ। तर यहाँ सेनाको मनोबल नै गिराउने गरी प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न खोजिनुलाई अस्वाभाविक मानिएको छ। यस सम्बन्धमा हिजो मंगलबार प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति रुक्माङ्गद कटवालबीच भएको भेटवार्तामा पनि यस सम्बन्धमा कुराकानी भएको बुझिएको छ। कुराकानीका क्रममा प्रचण्डले प्रधानसेनापति कटवाललाई राष्ट्रिय सेनाको मनोबल गिराउने प्रकारको कुनै कार्य नहुने विश्वास दिलाउनु भएको बुझिएको छ। २७ लास बिहारमा भेटिए,आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा
सुनसरी, ४ भदौ कोसीको भेलले बगाएका २७ जनाको शव बुधबार भारतको सुपौल जिल्लामा फेला परेको छ । उनीहरू सुनसरीको श्रीपुरमा एउटै घरको छतबाट बगेकाहरू हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । सुपौलका स्थानीय पत्रकार राकेश पटेलका अनुसार फेला परेका शवमा अधिकांश महिला, बालबालिका र वृद्धहरू छन् । कोसी नदी बिहारको सोही मार्ग भएर बग्ने गरेको भएकाले ती शव सुनसरीबाट बाढीले बगाएर ल्याएको यकिन भएको हो । शवहरू फेला परेको ठाउँ सुनसरी इनरुवादेखि २० किलोमिटर दक्षिण-पश्चिममा पर्छ । शव फेला परेको विषयमा सुनसरीको प्रशासनले केही बताउन चाहेको छैन । सुनसरीका प्रहरी प्रमुख यादव खनालले सञ्चारविहीन भएका कारण केही बुझ्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले भने शव फेला परेको विषयमा भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको जानकारी दिए । उद्धार गर्न गएको डंुगा सम्पर्कविहीन बाढीपीडितको उद्धारका लागि सुनसरीको हरिपुरतर्फ गएको नेपाली सेना र सशस्त्र प्रहरीको संंयुक्त उद्धार टोली चढेको डुंगा बुधबार राति ८ बजेसम्म सम्पर्कविहीन भएको छ । बाढीका कारण सयौं मानिस जोखिममा परेको सूचनाका आधारमा सुनसरीको लौकहीबाट हिँडेको चारवटा रबरको डुंगामध्ये एउटा राति ८ बजेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल बराहाबाहिनी पकलीका डिआइजी कृष्णकुमार तामाङले बताए । सम्पर्कविहीन डंुगाको खोजी जारी रहेको उनले जानकारी दिए । तर, सो डुंगा दुर्घटनामा भने नपरेको उनले दाबी गरेका छन् । अप्टिकल फाइबर काटिएका कारण फोन सम्पर्क हुने अवस्था छैन । उनीहरूले बोकेको सेटको पनि ब्याट्री चार्ज सकिएको हुनसक्ने आशंका तामाङले गरे । 'भोलि -बिहीबार) बिहानसम्ममा सम्पर्कमा आउलान्,' उनको अनुमान छ । स्थानीय प्रत्यक्षदर्शीले भने हरिपुर क्षेत्रबाट करिब ३५ जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याउने क्रममा बाढीको भेलले ढंुगा बगाएको दाबी गरेका छन् । सशस्त्रका प्रवक्ता कमल बस्नेतले पनि एउटा ढंुगा सम्पर्कमा नआएको बताए । उनका अनुसार सो डुंगामा दुई सशस्त्र प्रहरी र दुई सैनिक छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बाढीपीडितसहितको ढंुगा पल्टिएर बेपत्ता भएको सूचना आएको, तर पुष्टि नभएको बताए । पाँच हजारको उद्धार बाढीपीडितको उद्धारका लागि तीनवटा सेनाको हेलिकोप्टर र डंुगा अहोरात्र परिचालित रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । पृतनापति रामबहादुर गुरुङले बाढीग्रस्त क्षेत्रको प्रत्यक्ष निरीक्षण गर्दा आफूले सयौंलाई अझै घरको छत र रूखको टुप्पोमा बसेको देखेको बताए । कतिपयलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा नमानेको उनको भनाइ छ । 'हेलिकोप्टरबाट सैनिकले हात दिँदा उनीहरूले तिमीहरू जाउ भन्दै फर्काए,' पृतनापति गुरुङले भने, 'आफ्नो सम्पत्तिको मायाले गर्दा उनीहरू हेलिकोप्टरमा आउन डराएको हुनसक्छन् ।' सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बुधबार राति ८ बजेसम्ममा डुबान क्षेत्रबाट पाँच हजारलाई उद्धार गरिसकिएको जानकारी दिए । भण्डारीका अनुसार अझै आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा छन् । पानी नपरेमा शनिबारसम्ममा सबैलाई उद्धार गरिसक्ने पनि उनले बताए । बाढीबाट कति विस्थापित भए भन्ने यकिन तथ्यांक अझसम्म प्रशासनले दिन सकेको छैन । स्थानीय बासिन्दा तथा जिल्लाका सामाजिक संस्थाले भने एक लाखको हाराहारीमा विस्थापित भइसकेको दाबी गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वाइसिएल कार्यकर्ता, सर्वसाधरणसहित दुई हजारभन्दा उद्धारमा खटिएका छन् । बाढीपीडितका लागि राहत संकलन कार्य तीव्र गतिमा भइरहेको राहत संकलन समितिका संयोजक तथा सुनसरीका स्थानीय विकास अधिकारी गुरूप्रसाद सुवेदीले बताए । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राहत संकलन र वितरण तीव्र भएको उनको भनाइ छ । हाल राहत सामग्रीका रूपमा चामल, चिउरा, भुजा, नुन, चाउचाउ, बिस्कुट, कम्मल, गुन्द्रीलगायत सामग्री संकलन भइरहेको छ । इनरुवाका विद्यालय तथा क्याम्पसमा अस्थायी शिविर खडा गरेर बसेकामध्ये धेरै बालबालिका बिरामी पर्न थालेपछि स्वाथ्यकर्मीको विशेष टोली परिचालन गरिएको छ । आधा दर्जन स्वास्थ्य टोली हाल क्रियाशील रहेका छन् । बाढीबाट प्रभावित बालबालिकामा महामारी फैलन सक्ने भएकाले सेनाको स्वाथ्यकर्मी टोली पनि तयारी अवस्थामा राखिएको दैविक प्रकोप उद्धार समिति सुनसरीको संयोजकसमेत रहेका प्रजिअ भण्डारीले बताए । 'आवश्यक परे काठमाडौंबाट पनि स्वाथ्यकर्मीको थप टोली झिकाउने तयारी भइरहेको छ,' उनले भने । उता, बाढीका कारण सुनसरी र सप्तरीबीचको सम्पर्क टुटेका कारण सुनसरी सदरमुकाम आउन नसकेका २५ हजारजति बाढीपीडित सप्तरी प्रशासनको शरणमा पुगेका छन् । कोसी ब्यारेजमा आएर बसेका उनीहरूलाई उद्धार गरी संरक्षण दिइएको सप्तरीका प्रजिअ जिवच्छ मिश्रले बताए । उनीहरूका लागि बस्ने, खाने र उपचारको सबै मिलाइएको प्रशासनले जनाएको छ । हाल १२ वटा शिविरमा ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ । प्रेम बास्तोला/नयाँ पत्रिका
भारतले तीन विकेटले जित्यो
दाम्बुला / श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल भारतले तीन विकेटले जितेको छ । भारतको सो जितसँगै पाँच एकदिवसीय शृंखला १-१को बराबरीमा पुगेको छ । टस जितेर पहिले फिल्डिङ गरेको भारतले श्रीलंकालाई एक सय ४२ रनमा समेटेको थियो । भारतीय बलरको सामना गर्न कठिनाइ भएपछि श्रीलंकाली टोली ३८ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । प्रत्युत्तरमा भारतले ३९ ओभर चार बलमा सात विकेट गुमाई एक सय ४३ रनको योगफल तयार गर्यो । भारतीय बलरको आक्रमणमा परेपछि श्रीलंकाले एक समय ११ रन जोड्दा चार विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । जाहिर खानले दोस्रो ओभरमा कुमार सांगकारालाई पहिलो विकेटका रूपमा पबेलियन पठाए । त्यसपछिका तीन बलमा उनले दुई विकेट लिए । यद्यपि, घरेलु टोलीको योगफल सुधार्न थिलान थुसाराले सात चौका प्रहार गर्दै ४४ रन जोडेका थिए । तर, उनको प्रयासले टोलीलाई खेलमा चुनौती कायम राख्ने योगफल तयार गर्न कुनै मद्दत गरेन । प्रत्युत्तरमा आएको भारतले पनि गतिलो सुरुवात गर्न सकेन । सुरुको पाँच ओभरमै टोलीले दुई विकेट गुमायो । तर, महेन्द्रसिंह धोनीले ३९ रन तथा सो खेलबाट डेब्यु गरेका सुब्रमनिम बदि्रनाथले अविजित २७ रन जोडेपछि भारत विजयी हुन सकेको हो । घरेलु भूमिमा भारतविरुद्ध सर्वाधिक कम योगफल बनाएको श्रीलंकाले यो दोस्रोपटक हो । यसअघि, टोलीले एक सय ८१ रनको योगफल तयार गरेको थियो । दुई टोलीबीच तेस्रो एकदिवसीय खेल कोलम्बोमा आइतबार हुनेछ । पत्रकार महासंघका पदाधिकारी दुर्घटनामा
काठमाडौं/ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, कोषाध्यक्ष रमेश विष्ट र केन्द्रीय सदस्य जगत नेपाल सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरू चढेको बा६च २८८३ नम्बरको कारलाई होटल याक एन्ड यतीले भाडामा चलाएको बा१ज ९६०६ नम्बरको माइक्रोबसले सोमबार बेलुका केशरमहल चोकमा ठक्कर दिँदा झा, विष्ट र नेपाल घाइते भएका हुन् । दुर्घटनाबाट अध्यक्ष झाको दाहिने हात दुई ठाउँमा भाँचिएको छ भने कोषाध्यक्ष विष्टको टाउको फुटेको छ । सदस्य जगत नेपालको हात फ्याक्चर भएको छ । दुर्घटनालगत्तै तीनैजनालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
साँस्कृतिक कार्यक्रम आयोजना गर्ने
गोरखा प्रबासी संघको संरक्षकत्वमा सम्पूर्ण कतारबासी नेपाली कलाकारहरुलाई एकत्रीत गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले गठित मनकामना साँस्कृतिक परिबारको तदर्थ समितिको भेला तथा जलपान समारोह यही १५ अगष्ट २००८ का दिन दोहामा सम्पन्न भयो । सो समारोहमा गोरखा प्रबासी संघका सल्लाहकार संयोजक जि।बि। परियार मनकामना साँस्कृतिक परिबारका सल्लाहकार गोबिन्द अर्याल बिभिन्न बिधाका कलाकारहरु तथा गोरखा प्रबासी संघका कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो । सो समारोहमा उपस्थीत अतिथिहरुले कतारको सन्दर्भमा मनकामना साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिका र दायित्वका बारेमा प्रकाश भ्ाएको थियो । उक्त साँस्कृतिक परिबारले १९ सेप्टेम्बर २००८ का दिन बिबिध साँस्कृतिक कार्यक्रम सहित आफ्नो घोषणा सभा गर्न गइरहेको सो परिबारका तदर्थ समितिका अध्यक्ष आश ब। गुरुङ्गले बताउनु भयो । उहाँले मनकामना साँस्कृतिक परिबारको स्थपना उदेश्य तथा भाबी दिनहरुमा यस साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिकाको बारेमा मन्तव्य राख्दै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदी बहिनीहरु उद्योगपति तथा व्यापारीहरुमा सहयोगको अपेक्षा राखेको बताउनु भयो । सो समारोहमा कलाकारहरु कमला लामा माया लामा गिता राना इन्दिरा अर्याल लगायतका चर्चित महिला कलाकारहरुले आ-आफ्नो बिधाको प्रस्क्तुती गर्नु भएको थियो । सो कार्यक्रममा दोहोरी गायकहरु प्रेम अर्याल डम्बरदेब ओझा राम सुनार लगायतका गायकहरुको गुल्मी जिल्ला र गोरखा जिल्ला बिच दोहोरी प्रतियोगिता समेत भएको थियो । सो जलपान समारोहमा कतारमा निर्माणाधिन चलचित्र तिमै्र लागिको सम्पूर्ण कलाकार तथा फिल्म युनिटको समेत बिशेष उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन गोरखा प्रबासी संघका सचिब गणेश बानियाँले गर्नु भएको थियो भने जलपानका लागि व्यबस्थापन अल अमिन इन्टरप्राइजेज कम्पनीका सम्पूर्ण नेपाली दाजुभाईहरुले गर्नँु भएको थियो
Subscribe to:
Posts (Atom)



.bmp)