BULBUL 080 | बुलबुल - एउटा इरानी चरा || Audio Program || Achyut Ghimire Bulbul
नेप्सेमा सामान्य गिरावट: ४.९१ अर्बको कारोबार हुँदा उत्पादनमूलक क्षेत्रमा उत्साह
मकाउ, ३० अप्रिल २०२६) – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। हिजो बुधबार २५.८१ अंकले घटेको बजारमा आज पनि ओरालो लाग्ने क्रम जारी रहँदा नेप्से ५.७३ अंक (०.२०%) ले घटेर २,७३८.७२ विन्दुमा रोकिएको छ।
धादिङमा अब घरमै आइपुग्नेछ राहदानी (पासपोर्ट)
एजेन्सी । जिल्लाका बासिन्दाहरूले अब आफ्नो राहदानी (पासपोर्ट) लिन जिल्ला प्रशासन कार्यालयसम्म धाइराख्नु नपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले हुलाक सेवामार्फत नागरिकको घरदैलोमै राहदानी पुर्याउने नयाँ व्यवस्थाको सुरुवात गरेको छ। नेपाल सरकारको 'शासकीय सुधार सम्बन्धी १०० कार्यसूची' अन्तर्गत सरकारी सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य अनुरुप यो सेवा सुरु गरिएको हो। यसका लागि जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालय धादिङबीच २०८३ वैशाख १५ गते औपचारिक सम्झौता सम्पन्न भएको छ।
ट्रम्प-पुटिनबीच युक्रेन र इरान युद्धबारे छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरान युद्धबारे छलफल भएको बताएका छन् ।रूसी राष्ट्रपति पुटिनले इरान युद्ध समाप्त गर्ने प्रयासमा मद्दत गर्न चाहेको उनको भनाइ छ । ‘हामीले युक्रेन युद्धबारे बढी कुराकानी गर्यौं, उहाँ मद्दत गर्न चाहनुहुन्छ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘तर, मैले मलाई सहयोग गर्नुअघि म तपाईंको युद्ध अन्त्य गर्न चाहन्छु भनें ।’ एक अन्य सवालको जवाफमा अमेरिकी राष्ट्रपतिले पुटिनले इरानमा ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रियामा सहभागी हुन चाहेको पनि बताए । ‘युरेनियम एनरिचमेन्ट’ प्रक्रिया भनेको प्राकृतिक युरेनियमभित्र रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार एक लामो टेलिफोन वार्ता भएको छ। करिब डेढ घण्टा चलेको उक्त वार्तामा दुवै नेताले युक्रेन र इरानको जारी युद्धबारे गम्भीर छलफल गरेको क्रेमलिनले जनाएको छ।
सुशासन र राहतका लागि सरकारद्वारा ६ वटा 'ब्रेकथ्रु' अध्यादेश सिफारिस: सहकारी पीडितको पैसा फिर्ता हुने
मकाउ, ३० अप्रिल । सरकारले मुलुकको प्रशासनिक संयन्त्रमा सुधार, सुशासन प्रवद्र्धन र नागरिकका तत्कालीन समस्या समाधान गर्न ६ वटा महत्वपूर्ण अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संसद्को अधिवेशन अन्त्य भएको अवस्थामा तत्काल कानुनी गाँठा फुकाउन मन्त्रिपरिषद्ले यी अध्यादेशहरू जारी गर्ने निर्णय गरेको हो।
यी ६ अध्यादेशहरूले मुख्यतया सहकारी ठगीमा परेका बचतकर्ताको राहत, राजनीतिक नियुक्तिको पुनरावलोकन र सार्वजनिक खरिद प्रणालीको सुदृढीकरणलाई लक्षित गरेका छन्।
Subscribe to:
Posts (Atom)
