रास्वपा सभापति र काठमाडौं महानगरपालिका मेयरबीच भेटवार्ता

मकाउ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण भेटवार्ता भएको छ। स्रोतहरूका अनुसार, यो भेटवार्ता हाल सम्म जारी छ र दुवै पक्षबीच सहमतिका विभिन्न मुद्दाहरूमा छलफल भइरहेको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् भने महानगरपालिकाका तर्फबाट मेयर बालेन्द्र शाह र उनका सहयोगी कुमार बेन छलफलमा सहभागी भएका छन्।